लागूऔषधसहित ५ जना पक्राउ

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध ओसारपसार गर्ने ५ जनालाई आज पक्राउ गरेको छ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ।
यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाईछिपाई राखिएको ५ किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो।
त्यसैगरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित :२०८३ असार २९, सोमबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry