गणेश नेपाली प्रकरणले तरंग, गृहमन्त्रीले मागे महानगरसँग जवाफ

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गणेश नेपालीसँग सम्बन्धित घटनापछि उक्त प्रकरणबारे जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख तथा कार्यवाहक मेयर सुनिता डंगोललाई गृह मन्त्रालयमा बोलाएका छन्।
Advertisement 1
गृहमन्त्री गुरुङले घटनाको वास्तविक अवस्था, महानगरको तर्फबाट भएका गतिविधि तथा आगामी कदमबारे जानकारी लिन सम्बन्धित अधिकारीहरूसँग छलफल गर्न लागेको जनाइएको छ। गणेश नेपालीको घटनापछि यसको विषयमा विभिन्न कोणबाट चासो व्यक्त भइरहेका बेला गृह मन्त्रालयले आवश्यक जानकारी संकलन तथा समन्वयका लागि महानगरका जिम्मेवार अधिकारीहरूलाई बोलाएको हो।
प्रकाशित :२०८३ असार २६, शुक्रबार १४:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








