‘असारे घाँसे जुहारी’ सार्वजनिक

काठमाडौं। असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना। यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
Advertisement 1
असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आएका छन्। यसपालिको असारे गीतमा भने वैदेशिक रोजगारका लागि बाध्यताले गाँउघर र परिवार छोडेर जानुपर्ने बाध्यात्मक युवाको पीडा समेटिएको छ।
विदेशिएका युवा असारे खेती गर्न बिदा मिलाएर फर्किएको प्रशंसा देखाउँदै किसानको जीवन र असारे महिनाको सांस्कृतिक उत्सव गीतमा रचनात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
ढकालले खेतमा धान रोप्दै युवायुवतीले देशको गरिबी, बेथिति, आर्थिक अभाव अन्त्य गर्ने जस्ता समसामयिक विषय गीतमा समेट्नु भएको छ। गीतकार ढकालकै शब्द र सङ्गीत रहेको म्युजिक भिडियोमा सरोज लामिछाने, सुरु गौतम र कोपिला तामाङ वाइबाको स्वर रहेको छ।
Advertisement 2
त्यस्तै, मिलन श्रेष्ठको निर्देशन रहेको उक्त सिर्जनामा सरोज, सरु, कोपिलासहित पशुपति दाहाल, रामेश्वर ढुङ्गाना, सन्तोषी ढुङ्गाना, सुरज नेपाल, रोशन नेपाल, दीपक नेपालीले अभियन गरेका छन्।








