कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गरेका छन्।

Advertisement 1

उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गरेको कांग्रेसले जनाएको छ।

डा आचार्य कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुन्।

प्रकाशित :२०८३ असार १९, शुक्रबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry