तामुटारमा पक्की पुल निर्माण

भोजपुर। भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ। कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो।
Advertisement 1
पक्की पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो। विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो। पक्की पुल निर्माण भएपछि २ स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासी तेजबहादुर घलेले बताए।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले ५० मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए। विसं २०८२ चैतमा निर्माण सम्पन्न भएर पुल सञ्चालमा आएको हो। यो पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको छ।








