प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

Advertisement 1

सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन फिर्ता लिए। सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राखेको संशोधन बहुमतले अस्वीकृत गरेको थियो।

प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल जारी छ।

प्रकाशित :२०८३ असार १४, आईतवार १५:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry