सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रतितोला रु १ हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ८७ हजार १०० र चाँदीको मोल रु ४ हजार ५९० निर्धारण भएको छ।

हिजो सोमबार १ तोला सुन रु २ लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने १ तोला चाँदी रु ४ हजार ७३० मा खरिदबिक्री भएको थियो।

Advertisement 2

त्यसैगरी, गत आइतबार १ तोला सुन रु २ लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ६९० मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन ४ हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित :२०८३ असार ९, मंगलवार १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry