सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा रु १ हजार २०० र चाँदी रु १० ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु २ लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु ४ हजार ९८० कायम भएको छ।
हिजो मङ्गलबार १ तोला सुनको मोल रु २ लाख ९८ हजार ५०० र चाँदी रु ४ हजार ९९० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ असार ३, बुधबार १३:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








