रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित

दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन्।

Advertisement 1

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरेका छन्।

सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले ६ र किरणकुमार आचार्यलेले २ मत प्राप्त गरेका छन्।

Advertisement 2

उपसभापति पदमा निराजन थापा विजयी भएका छन्। उनले २४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गरेकी थिइन्।

त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित भएका छन्। उनले २०० मत प्राप्त गरे भने अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गरेका थिए।

Advertisement 3

सहसचिवमा प्रमिला रोका विजयी भएकी छन्। उनले १४८ मत प्राप्त गरेकी छन् उनका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका छन्।

यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित भएका छन्।

प्रकाशित :२०८३ जेष्ठ २४, आईतवार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry