निधेषाज्ञा अवधिभर ग्यास ११२०मा,चिनी ६५ मा पाइने

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

अब निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास ११२० रुपैंयामा पाइनेछ ।
यस्तै चिनी प्रतिकेजी ६५ र खानेतेल (भटमासको) १८८ रुपैंयामा पाइने भएको छ । सरकारले गत १५ जेठमा सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत घोषणा भएबमोजिम निषेधात्रा अवधिभर यी सामाग्रीहरु २० प्रतिशत छुटमा उपलव्ध हुने भएको हो । बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो।

Open photo

सरकारले बजेट वक्तव्यमा सार्वजनिक गरेको छुट तथा सुविधाको कार्यान्वयन गर्ने सन्र्दभमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, सहसचिवहरु समुन दाहाल, धनीराम शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेम श्रेष्ठ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनबहादुर चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका नायव कार्यकारी निर्देशक कुमार राजभण्डारी उपस्थित बैठकले बैठकले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउन गरेको घोषणा कार्यान्वयनमा ल्याएको हो।
जसअनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ११२० रुपैयाँ पर्नेछ। भटमासको तेल प्रतिलिटर १८८, नुन प्रतिप्याकेट १६, पिठो प्रतिकेजी ४४ र चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा पर्नेछ। चिनी र पिठो दुई दुई केजीको प्याकेट मात्रै उपलव्ध हुनेछ।

 

 

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०७:१६

प्रतिक्रिया दिनुहोस्