निजामती कर्मचारी अस्पतालमा भर्ना बिरामीलाई निःशुल्क खाना वितरण सुरु

काठमाडौं। निजामती कर्मचारी अस्पताल, मिनभवनले अन्तरङ्ग सेवाअन्तर्गत भर्ना भई उपचाररत बिरामीहरूलाई निःशुल्क खाना वितरण गर्ने कार्यक्रम सुरु गर्ने भएको छ।

Advertisement 1

अस्पतालले शुक्रबार सूचना जारी गर्दै २०८३ जेठ १ गते बिहान ९ः३० बजेदेखि निःशुल्क खाना वितरण कार्यक्रमको शुभारम्भ गरिने जनाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको अस्पतालले उपचाररत बिरामीलाई सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

Advertisement 2

प्रकाशित :२०८३ जेष्ठ ३, आईतवार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry