राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने तय भएको छ।

Advertisement 1

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेस गर्ने निर्णय गरेको हो। बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रियसभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी थिए।

प्रकाशित :२०८३ बैशाख २८, सोमबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry