सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु १ हजार ८०० र चाँदी रु १०५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १५५ कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ५० मा खरिदबिक्री भएको थियो। गत मङ्गलबार १ तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु ४ हजार ८८० मा किनबेच भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ बैशाख २४, बिहीबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry