मन्त्री बादीका ‘नगर्ने काम १० प्रतिबद्धता’ सार्वजनिक,

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा ‘नगर्ने’ १० वटा प्रतिबद्धता सार्वजनिक गरेकि छन्।

Advertisement 1

मंगलबार आज सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले नातागोता वा चिनजानका आधारमा जागिर, नियुक्ति तथा सरुवा–बढुवा नगर्ने, शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत भनसुन नसुन्ने स्पष्ट गरेकी छन्। त्यस्तै, लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिलाई कुनै पनि हालतमा संरक्षण नगर्ने उल्लेख गरेकी छन्।

मन्त्री बादीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने जनाउँदै कमिसन, घुस वा कुनै प्रकारको आर्थिक अनियमिततामा संलग्न नहुने र त्यस्ता गतिविधिविरुद्ध सक्रिय रूपमा उभिने बताएकी छन्।

Advertisement 2

उनले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सम्झौता नगर्ने अडान व्यक्त गरेकी छन्। साथै, राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सेवा प्रवाहमा ‘सर्टकट’ वा सिफारिस नस्वीकार्ने र मन्त्रीका नाममा अनावश्यक सुविधा नलिने प्रतिबद्धता दोहो¥याएकी छन्।

मन्त्री बादीले “भोट दिएको आधारमा प्रभाव पार्ने प्रयास स्वीकार नगर्ने” उल्लेख गर्दै सबै नागरिकलाई समान व्यवहार गर्ने र विशेष गरी कमजोर वर्गलाई प्राथमिकता दिने जनाएकी छन्।

Advertisement 3

नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासनका लागि राज्य र नागरिक दुवै पक्षको साझा प्रयास आवश्यक रहने उल्लेख गरेकी छन्।

प्रकाशित :२०८३ बैशाख १५, मंगलवार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry