डडेल्धुरा अस्पतालको सूचनाः करार कर्मचारीलाई बैशाख १ देखि हाजिर नगर्न आग्रह, सरकारलाई दबाब

काठमाडौं। डडेल्धुरा अस्पतालले एक विज्ञप्ति जारी गर्दै करार सेवामा कार्यरत केही कर्मचारीलाई बैशाख १ गतेदेखि हाजिर नगर्न अनुरोध गरेको छ।

Advertisement 1

अस्पतालका अनुसार विगत लामो समयदेखि कार्यरत रहे पनि पद मिलान हुन नसकेका करार कर्मचारीहरूको हकमा मिति २०८२/१२/०५ गते बसेको अस्पताल विकास समिति र अस्पताल प्रशासनको निर्णयअनुसार यस्तो निर्णय गरिएको हो। अर्को व्यवस्था नभएसम्मका लागि २०८३ साल बैशाख १ गतेदेखि हाजिर नगर्न सम्बन्धित सबैलाई आदेशअनुसार अनुरोध गरिएको अस्पतालले जनाएको छ।

साथै, पद मिलान हुन नसकेका कर्मचारीहरूको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि अस्पताल प्रशासनले जानकारी दिएको छ।

Advertisement 2

देशभर अस्पतालमा प्रशस्त रूपमा करारका कर्मचारी रहेका छन्। उनीहरूलाई सरकारले के गर्छ भन्ने कुरा चासोका रूपमा हेरिएको छ। डडेल्धुरा अस्पतालले सुरू गरेपछि सरकारलाई करारका कर्मचारी हटाउन दबाब पर्ने देखिएको छ।

प्रकाशित :२०८३ बैशाख २, बुधबार १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry