युवाले भरिएको संसद भवन!

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आइसकेको छ।
Advertisement 1
यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ। यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३५ वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन्।
पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब परिवर्तन भएर नयाँ पुस्ताको संसद बन्नेछ।
Advertisement 2
नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढ्नु स्वभाविक हो। ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारलगायतका अपेक्षा छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पादर्शी विकास अब बन्ने सरकार केन्द्रित रहने छ।
Advertisement 3
युवा स्वरोजगार बढाउन र युवाको पलायन रोक्न नयाँ सरकार कति सफल होला सोचनीय विषय हो। त्यसका लागि तीनै तहका सरकारले स्थानीय स्रोत र साधनको पहिचान गर्ने जनशक्तिलाई रोजगार दिने नीति, भौगोलिक, अलौकिकपन झल्किने क्षेत्रको गरी पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने देखिन्छ।
तीन तहकै सरकारले युवाको सीप, शिक्षा र उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन आवश्यक छ। दीर्घकालीन समाधानका रुपमा, उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरूलाई आकर्षित गर्ने खालका ठूला विकासका परियोजनाहरू सुरु गर्नुपर्छ।
निर्वाचनको नतिजामा सबैभन्दा धेरै युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद्मा छिर्ने देखिन्छ। यति मात्र होइन् उनीहरू स्पष्ट बहुमत रहेकाले पनि युवा केन्द्रित योजनाहरूमा विशेष प्राथमिकता पर्नुपर्छ।
नयाँ पुस्ताको जीत र उनीहरूको नयाँ सोचलाई जनताले अनुमोदन गरिदिएका छन्। संसद्मा प्रवेश गरेका यी युवा सांसदहरूले जनताले राखेको अपेक्षा कत्तिको पूरा गर्न सक्छन् भन्ने हेर्न बाँकी नै छ।
यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा भने दिएको नै छ।
जारी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३५ मुनिका २० जना उम्मेदवार निर्वाचित भएका छन्।
यसैगरी, नेपाली कांग्रेसबाट एक, श्रम संस्कृति पार्टीबाट एक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना गरी यसपटक २३ जना ३५ वर्षमुनिका उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका छन्।
राससका अनुसार ३५ वर्षमुनिका सांसदको अग्रसूचीमा छिन्, ३० वर्षीया सोविता गौतम। दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहेकी गौतम चितवन–३ बाट विजयी भइन्।
३० वर्षको उमेरमा उनी दोस्रोपटक प्रतिनिधिसभाको सांसद बनेकी छिन्। उनले २०७९ सालको प्रतिनिधिसभामा काठमाडौं–२ बाट जीत हासिल गरेकी थिइन्। कानुनमा स्नातक गरेकी अधिवक्ता गौतमले अत्यधिक मतका साथ विजयी भइन्।
सुलभ खरेल। २०५४ साल भदौ बुटवलमा जन्मिएका खरेल २८ वर्षको उमेरमा नै सांसद बन्ने अर्को उम्मेदवार हुन्। उनी प्रतिनिधिसभा सदस्यको चुनावमा रूपन्देही–२ बाट ५६ हजार ५५० मत ल्याएर विजयी भएका छन्। खरेलले नेपाल ल क्याम्पसबाट पाँचवर्षे बिए–एलएलबी अध्यायन गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रुविना आचार्य विजयी भएकी छिन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको चुनावमा बदनकुमार भण्डारी विजयी भएका छन्। भुम्लु गाउँपालिका–२ मा जन्मिएका बदन ई–कमर्स व्यवसायी तथा मिडियाकर्मी समेत हुन्। ३३ वर्षीय भण्डारीले स्नातक (बिए) उत्तीर्ण गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट झापा क्षेत्र नम्बर १ बाट निर्वाचित २९ वर्षीय निशा डाँगी पनि कलिलो उमेरमा नै सांसद बनिन्। उनी २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सांसद बनेकी थिइन्।
विसं २०५३ मा झापाको भद्रपुर नगरपालिकामा जन्मिएकी डाँगीले काठमाडौंको जया मल्टिपल क्याम्पसबाट सामाजिक कार्यमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन्।
२६ वर्षीय मनीष खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। मध्यविन्दु नगरपालिका–६ निवासी खनाल विसं २०५६ असार ११ गते जन्मिएका थिए। उनले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक अध्ययन गरेका छन्।
२८ वर्षीय बब्लु गुप्ता पनि निर्वाचित भए। सामाजिक सेवामा सक्रिय गुप्ताले स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। रास्वपाबाटै ३५ वर्षमुनिका निर्वाचित उम्मेदवारमध्ये अर्को नाम हो सन्तोष राजवंशी। ३४ वर्षीय राजवंशी मोरङ–४ बाट विजयी भएका हुन्। सिराहा–२ बाट रास्वपाकै ३० वर्षीया शिवशङ्कर यादव पनि निर्वाचित भएका छन्। रास्वपाबाटै ३३ वर्षीय तपेश्वर यादव पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन्। रास्वपाबाटै महोत्तरी–२ मा ३४ वर्षीय दीपककुमार साह निर्वाचित भए। महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए।
काठमाडौं–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भए। २०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेलले कानुनमा स्नातक गरेका छन्। उनी रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन्।
काठमाडौं महानगरपालिका कार्यालयमा सह–विशेषज्ञ भएर काम गरेका पोखरेलको महानगरका सेवा–प्रवाह, कार्यक्रम÷परियोजना कार्यान्वयन र नतिजा निकाल्ने कार्यान्वयन क्षमता छ। उनले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका सल्लाहकार भएर काम गरिसकेका छन्।
पोखरेलले सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरिसकेका छन्। उनमा नीति÷अनुसन्धान, जनगुनासा व्यवस्थापन, टोली परिचालन र समन्वयमार्फत काम ‘टुङ्ग्याउने’ कार्यालय व्यवस्थापन नेतृत्व छ।
मकवानपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय प्रशान्त उप्रेतीले चुनाव जितेका छन्। २०५७ सालमा मकवानपुरमा जन्मिएका उप्रेती पेसाले पर्यटन उद्यमी हुन्। उनले पर्यटन व्यवस्थापनमा स्नातक गरेका छन्।
निर्वाचित हुने अर्का ३४ वर्षीय उम्मेदवारको अर्को नाम हो सागर ढकाल। रास्वपाकै तर्फबाट गुल्मी– १ बाट उनी निर्वाचित भए। गुल्मीको सत्यवती गाउँपालिका–६, पीपलनेटा स्थायी ठेगना भएको ढकाल पेसाले इन्जिनियर हुन्।
पैँतीस वर्षमुनिको अर्का सांसद हुन्, प्युठान– १ बाट निर्वाचित ३१ वर्षीय सुशान्त वैदिक। काठमाडौं– १ बाट निर्वाचित र ३५ वर्षमुनिका अर्को चर्चित नाम हो, रञ्जु न्यौपाने (दर्शना)। वैकल्पिक राजनीतिका रूपमा उदाएकी ३० वर्षीया रञ्जुले स्नातक तहसम्मको अध्ययन गरेकी छिन्।
रास्वपाकै अर्का निर्वाचित सांसद हुने, ३४ वर्षीय सोम शर्मा। उनी बाग्लुङ–२ बाट निर्वाचित भएका हुन्। रास्वपाकै तर्फबाट स्याङ्जा–२ का उम्मेदवार झविलाल डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी भए। राष्ट्रिय स्वतन्त्र पार्टीबाटै सप्तरी–२ का उम्मेदवार ३० वर्षीय रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन्।
कैलाली–२ का रास्वपा उम्मेदवार केपी खनालले १९ हजार ५७ मत ल्याएर विजयी भए। २६ वर्षीय खनालले १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय, ‘क्लिन काष्ठमण्डप’ र ‘काठमाडौं ट्र्यास कलेक्सन’ जस्ता देशव्यापी सरसफाइ अभियानको नेतृत्व समेत गरेका छन्। ‘मैना देवी फाउन्डेसन’ मार्फत बाजुरामा अनाथालय स्थापना, कोरोनाकालमा २०० भन्दा बढी गरिब परिवारलाई सहयोग तथा ‘भोकै छ हुम्ला’ जस्ता मानवीय अभियानको नेतृत्व लिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा–४ बाट ३३ वर्षीय तपेश्वर यादव निर्वाचित भए। महोत्तरी–३ बाट ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भए।
यसैगरी, प्यूठान–१ उम्मेदवार ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भए। नेपाली कांग्रेसबाट भने ३२ वर्षीय योगेश गौचन थकाली मुस्ताङ–१ बाट निर्वाचित भए। यसैगरी, जुम्ला–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३४ वर्षीय ज्ञानबहादुर शाही निर्वाचित भए। श्रम संस्कृति पार्टीबाट २९ वर्षीय आरेन राई खोटाङ–१ बाट निर्वाचित भएका छन्। यी सांसद्हरू नयाँ संसद भवनमा पुग्नेछन्। देशको नयाँ भविष्य कुर्ने विश्वास आम जनताको छ।












