रास्वपाको आगमन, मधेशसमा मधेसवादी दलको विजोग!

काठमाडौं। प्रतिनिधसभा सदस्य निर्वाचनबाट आउने नयाँ संसदको गणित टुंगो लागेको छ।
Advertisement 1
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्पष्ट बहुमतका साथ पहिलो दल बनेको छ। प्रत्यक्षमा १ सय २५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट प्राप्त गरेको छ। यसरी संसदमा उसका १ सय ८२ सांसदको प्रतिनिधित्व हुने भएको छ। यो दुई तिहाइका लागि २ सांसद मात्र कम हो।
त्यसैगरी प्रत्यक्षमा १८ सिट जितेको नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० सिट पाएको छ। यसरी कांग्रेसका ३८ सांसद प्रतिनिधिसभामा रहनेछन्।
Advertisement 2
प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा २५ सिट पाएको छ। यसरी उसका कूल २५ सांसद हुनेछन्। प्रत्यक्षमा ८ सिट जितेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने हुँदा उसका कूल सांसद १७ जना भएका छन्। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ४ सिट जितेर पहिलो प्रयासमा ७ सांसद लिएर संसद छिर्नेछ। प्रत्यक्षमा एक सिट मात्रै जितेको राप्रपाले पनि समानुपातिकमा ४ सिट नै पाएको छ।
यसरी हेर्दा अब संसद्मा छ दल रहनेछन्। तर मधेलाई एजेण्डा बनाएर राजनीतिमा उदाएका सबै मधेशवादी दल पत्तासाफ भएका छन्। मधेशी जनताको हकहित र अधिकारका लागि भन्दै गठन भएका दर्जनौँ दलहरू अस्तित्व जोगाउनबाट चुकेका छन्। सर्वत्र देश नै रास्वपामय हुँदा आफ्नो पार्टी जोगाउन सकेनन्।
Advertisement 3
साढे ६ दशकदेखि मधेश राजनीतिमा राज गरेकादेखि अघिल्लो आमनिर्वाचनबाट उदाएका सबै दलहरूले अबको पाँच वर्ष कसरत गर्नुपर्ने देखिएको छ।
जेनजी विद्रोहको जगमा फागुन २१ गते भएको प्रनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेशका अधिकांश जिल्लामा ‘क्लीन स्वीप’ गरे पछि मधेसवादी दलको हरिबिजोग भएको हो।
३२ सीटमध्ये रास्वपाले ३० सीट आफ्नो पक्षमा ल्याएको छ।
मधेसमा कसले जित्यो कसले हार्यो?
कुरा गरौँ सप्तरीबाट। ४ निर्वाचन क्षेत्र रहेको सिराहा पनि यसपटक रास्वपाले क्लीन स्वीप गरेको छ। ०७९ को आमनिर्वाचनमा सप्तरी १ बाट जसपा नेपालका नवलकिशोर साहले जितेका थिए। तर यसपाली रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी भइन्। यसपटक जसपा नेपालबाट उम्मेदवार बनेका श्यामसुन्दर सरदार उम्मेदवार रहेका थिए।
सप्तरी २ मा पनि रास्वपाकै रामजी यादव् विजयी भए। अघिल्लो चुनावमा जनमतका अध्यक्ष सिके राउत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै निर्वाचित भएका थिए।
सप्तरी ३ मा रास्वपाकै अमरकान्त चौधरी विजयी हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजीत भए। अघिल्लो चुनावमा भने यस क्षेत्रबाट कांग्रेसले जितेको थियो। सप्तरी ४ मा पनि रास्वपाका सिताराम साह विजयी भए। जसपा नेपालका वाँवी सिंह पराजीत भए।
त्यस्तै सिराहा-१ मा रास्वपाकै बब्लु गुप्ता विजयी भए। ०७९ मा एमालेले जितेको ठाउँ हो यो। सिराहा २ बाट यसअघि जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले जितेको क्षेत्रमा यसपटक सञ्जीवकुमार यादवालाई उम्मेदवार थिए।
तर रास्वपाका शिवशंकर यादव विजयी बने। सिराहा ३ मा पनि रास्वपाकै शम्भुकुमार यादव विजयी भए। त्यसअगाडि निरन्तर एमालेले जितेको थियो।
सिराहा ४ मा रास्वपाका तपेश्वर यादव विजयी हुँदा जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव पराजीत भए। ०७९ मा जसपाका वीरेन्द्र महतोले जितेका थिए।
यसैगरी धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएकाले नेपाली कम्युनिष्ट पार्टीका मात्रिका यादव विजयी भए।
धनुषा २ मा रास्वपाका रामविनोद यादव विजयी भए। यसअघि कांग्रेस जितेको क्षेत्र हो यो।
धनुषा ३ मा यसपटक रास्वपाका प्रवक्ता मनिष झा विजयी भए। उनले यस अगाडि जितेकी एमालेकी जुली महतोलाई हराए।
धनुषा ४ मा यसपाली रास्वपाकै राजकिशोर महतो विजयी भए। एमालेका उमहासचिवसमेत रहेका रघुवीर महासेठलाई यहाँका जनताले बाइबाइ गरिदिए।
त्यस्तै, महोत्तरी १ ०७९ मा एमालेका लक्ष्मी महतो कोइरीले जितेका थिए। यसपाली रास्वपाकै प्रमोद महतोले जितिदिए।
महोत्तरी-२ मा रास्वपाकै दीपककुमार साह विजयी भए। यसअघि निरन्तर शरदसिंह भण्डारीले बाजी मार्दै आएका थिए।
महोत्तरी-३ मा रास्वपाकै उज्वलकुमार झाले जीत हासिल गरे। यसपटक जसपा नेपालले मीनाक्षी ठाकुरलारलाई उम्मेदवार बनाएको थियो
महोत्तरी ४ मा पनि यसपटक रास्वपाले नै जीत हात पार्यो। रास्वपाकी गौरी कुमारीले जीत हासिल गर्दा जसपा नेपालका सुरेन्द्रकुमार यादव पराजीत भए। अघिल्लो निर्वाचन मधेशवादी दलबाट कांग्रेसले खोसेको थियो।
यसैगरी सर्लाही-१ मा पनि रास्वपाकी नीतिमा भण्डारी विजयी भइन्। यसअगाडि जितेको जसपा नेपाल (तत्कालीन लोसपा) लेजोगाउन सकेन।
सर्लाही-२ मा राजेन्द्र महतोको पराजय भयो। यहाँ रास्वपाका रविन महतो विजयी भए। अघिल्लो चुनाव भने महेन्द्रराय यादवाले जितेका थिए।
सर्लाही ३ मा रास्वपाकै नरेन्द्र साह कलवार विजयी हुँदा अघिल्लो पटक जितेको एमालेको पराजय भयो।
सर्लाही ४ यसपटक निक्कै चर्चामा थियो। तर त्यहाँ न गगनले जिते, न मधेशवादी दलले । उक्त क्षेत्रमा पार्टी परिवर्तन गर्दै रास्वपामा पुगेका अमरेश सिंह ३५ हजार ६८८ मतसहित विजयी भए। गगन दोस्रो हुँदा मधेसवादी दल धेरै पछाडि रहे।
यस्तै रौतहट-१ पनि चर्चामै थियो। पूर्वप्रधानमन्त्री माधव नेपालले हार व्यहोरे। यो क्षेत्रमा रास्वपाका राजेश चौधरी विजयी भए।
रौतहट-२ मा कांग्रेसका फिरदोस आलम विजयी भए। मधेसवादी दललाई जनताले पत्याएनन्।
रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेलविजयी हुँदा आजपा (आम जनता पार्टी) अध्यक्ष प्रभु साह तेस्रो भए। जसपा नेपालका गोविन्द चौधरी दोस्रो बने।
रौतहट-४ मा रास्वपाका गणेश पौडेलद्ये जीत हात पार्दा कुनै पनि मधेसवादी दल अगाडि आउन सकेनन्। पूर्वपत्रकारसमेत रहेका चर्चित उम्मेदवार ऋषि धमलाले ६५५ मत पाए।
यस्तै, यस अगाडि एमाले जितेको बारा १ मा यसपटक रास्वपाका गणेश धिमालले जीत हासिल गरे।
बारा-२ रास्वपाका चन्दन सिंह विजयी हुँदा मधेशवादी दलले पानी भन्न पनि पाएनन। जसपा नेपालका रामकिशोरप्रसाद यादव दोस्रो त भए, तर २१ हजारभन्दा बढी मतान्तरले पछि रहे।
बारा ३ मा यसपटक रास्वपाकै अरविन्द साहले जीत हासिल गरे। यसअघि ०७९ को निर्वाचनमा मधेशवादी दलबाट एमालेले खोसेको थियो।
बारा ४ मा पूर्वविजेता कृष्णकुमार श्रेष्ठलाई पाखा लगाउँदै रास्वपाका रहवर अन्सारीले जीत हासिल गरे। पर्सा-१ मा मधेशवादी जसपा नेपाल र जनमतको जमानत जफत हुँदा रास्वपाका बुद्धिप्रसाद पन्तले जिते। यो क्षेत्रमा पहिले प्रदीप यादव नै जसपा नेपालबाट जितेका थिए।
०७९ मा कांग्रेसले जितेको पर्सा-२ यसपटक रास्वपा रास्वपाका सुशीलकुमार कोनुले जितिदिए। कांग्रेसबाट दोहोरिएका अजयकुमार चौरसिया दोस्रो भए।
पर्सा-३ ०७९ कै निर्वाचनमा एमालेले जितेको थियो। तर यसपटक रास्वपाका रामकान्त चौरसियाले जीत हासिल गरे।
पर्सा-४ मा रास्वपाको टेकबहादुर शाक्यद्ये जीत हात पारे। त्यसैगरी रूपन्देही-४ मा रास्वपाकै कन्हैया बनियाले जीत हासिल गरे। कैलाली-१ मा यसपटक रास्वपाकी कोमल ज्ञवाली जीत हात पारे। कैलाली-२ मा रास्वपाका केपी खनाल त्यसैगरी कैलाली-३ मा रास्वपाका जगतप्रसाद जोशीले जीत हासील गरे।














