हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा। ३ दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको २ बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ।
कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार २ बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ। “भाँचिएका सबै केराघरी लागेका रहेछन्”, उन्ले भने, “पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ।”
उनका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका २ बिघा जमिनको ३ हजार २०० बोट केरा नष्ट भएको हो। केरा नष्ट हुँदा करिब रु १६ लाखको क्षति भएको उनले बताए।
किसान बस्नेतले प्राकृतिक विपत्तिले आफूलाई पटक–पटक मारमा पारेको बताए। यसअघि गत असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीले उनको करिब रु १ करोड बराबरको केराखेती नष्ट गरेको थियो।
“बाढीले उजाडेको ठाउँमा बल्लतल्ल नयाँ बिरुवा हुर्काउँदै थिएँ, फेरि हुरीले सखाप पारिदियो”, बस्नेतले भने, “अघिल्लो पटकको क्षतिको राहत अझै कतैबाट पाएको छैन, फेरि अर्को क्षति। प्रकृति विपद् पनि मलाई मात्र आउँछ कि जस्तो हुन थल्यो।”
–––
प्रकाशित :२०८२ चैत्र १, आईतवार १६:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










