मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन। गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। दुर्घटनाका ९ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो।

Advertisement 1

अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। जसमध्ये ३ जनाको न्यूरो सर्जरी र २ जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये ७ जना भारतीय र २ जना नेपाली छन्।

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो। सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित :२०८२ चैत्र १, आईतवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry