सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं। शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनकोे मूल्य तोलामा रु ४ हजार ८०० र चाँदीको मोल रु २२५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ४०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार २७० निर्धारण भएको छ।
गत शुक्रवार १ तोला सुन रु ३ लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ४९५ मा कारोबार भएको थियो। बिहीवार छापावाल सुन प्रतितोला रु ३ लाख १७ हजार र चाँदी रु ५ हजार ५१५ मा कारोबार भएको थियो। गत बुधवार रु ३ लाख १९ हजारमा १ तोला सुन खरिदबिक्री भएको थियो भने १ तोला चाँदीको मूल्य रु ५ हजार ७२० निर्धारण भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।














