सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौं। बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ। सुनकोे मूल्य रु २ हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १४ हजार २०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार ४९५ निर्धारण भएको छ।
हिजो बिहीबार १ तोला सुन रु ३ लाख १७ हजार र त्यति नै परिमाणको चाँदी रु ५ हजार ५१५ मा कारोबार भएको थियो। गत बुधबार रु ३ लाख १९ हजारमा १ तोला सुन खरिदबिक्री भएको थियो भने १ तोला चाँदीको मूल्य रु ५ हजार ७२० निर्धारण भएको थियो।
Advertisement 2
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १७ हजार कायम भएको थियो भने १ तोला चाँदीको मूल्य रु ५ हजार ७२० निर्धारण भएको थियो। सोमबार १ तोला सुन रु ३ लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ४१० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––














