सुर्खेत, १ मा कांग्रेस र २ मा एमालेको अग्रता

कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु भएको छ। क्षेत्र नं १ मा १ हजार ९८७ मतगणना हुँदा खड्काले ७९८ मत मत प्राप्त गरेका छन्।
Advertisement 1
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले ५४५, नेकपा (एमाले) का ध्रुवकुमार शाहीले ४२७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गरेको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
यस्तै, क्षेत्र नं २ मा एमालेका कुलमणि देवकोटाको अग्रता छ। यहाँ ७८१ मतगणना हुँदा उनले ३१६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले २१८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले १०७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १२:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













