एभोकाडोमा खटिराजन्य रोगको समस्या

चितवन। जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ। जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो। कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो। उनले भनीन् “अहिले यो रोगको समस्या देखिएको छ। हामीले परीक्षणका लागि पठाएका छौँ।”

Advertisement 1

उनले भनीन् “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ। माटो र पानीबाट जीवाणु सर्ने गर्दछन्।

उनका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ। बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उनले सुझाव दिइन्। बागवानी विकास अधिकृत चौहानले भनीन् “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उनले सुझाव दिइन्।

Advertisement 2

जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ। उनका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उनले जानकारी दिइन्। विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो।

प्रकाशित :२०८२ फाल्गुन ११, सोमबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry