नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४२.५८ अङ्कले घटेर २ हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो। जुन १.५३ प्रतिशतको गिरावट हो।
Advertisement 1
आज विभिन्न ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १ लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.४९, विकास बैंक १, वित्त २.४४, होटल तथा पर्यटन १.९०, जलविद्युत् १.४१, लगानी १.७०, जीवन बीमा १.८५, र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले घटेको छ। त्यस्तै, निर्जीवन बीमा समूह १.७४, व्यापार ०.५१ र अन्य समूह १.९७ प्रतिशतले घटेको छ।
Advertisement 2
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ। साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू १७ लाख ८० हजार ८८८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।















