गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी। गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ। हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ।

Advertisement 1

प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा १ जना मात्रै महिला उम्मेदवार हुनुहुन्छ। क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा १ जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ।

२ वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा १ जना महिलाको पनि उम्मेदवारी परेको छैन। नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८/१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ।

Advertisement 2

गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः २ र १ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः ३ र १ जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये १/१ जना महिलाको उम्मेदवारी परेको छ।

१/१ निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन। लमजुङमा १२ जनाको उम्मेदवारी परेमा १ जना महिला छन् भने मनाङमा ५ जनाको उम्मेदवारी परेमा १ जना महिलाको उम्मेदवारी छ। मुस्ताङमा ८ जनाको उम्मेदवारी परेकामा १ जना महिलाको उम्मेदवारी परेको छ। म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा १ जना पनि महिला उम्मेदवार छैनन्।

प्रकाशित :२०८२ माघ ८, बिहीबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry