एउटै विद्यालयका ५ जनालाई विद्यावारिधि

झापा। मेचीनगर नगरपालिका–९ खुट्टीडाँगीस्थित एउटै टोलका ५ जनाले विद्यावारिधि गरेका छन्। विद्यावारिधि गर्नेमा डा टीका भण्डारी, डा हरिप्रसाद कट्टेल, डा जीवनमणि पौडेल, डा केदारमणि नेपाल र डा डिल्लीराम भण्डारी रहेका छन्।
Advertisement 1
पाँचै जनाले कवि शिरोमणि माध्यमिक विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरेका थिए। उनिहरूको घर एउटै वडाको एउटै टोलमा रहेको छ। सङ्गीतकार, गायक एवं रेडियो नेपालका पूर्वनिर्देशक डा टीका भण्डारीले विद्यावारिधि हासिल गरेर वडाको शैक्षिक पहिचानलाई समेत चिनाउन पाएकामा गर्व अनुभूति भएको बताए।
कवि शिरोमणि माविमा अध्ययन पूरा गरेका समकालीन ५ विद्यार्थीलाई पढाइको उपल्लो खुट्किलो मानिएको विद्यावारिधि तह पूरा गर्न विद्यालय र आफ्नो गाउँको वातावरणले महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको डा हरिप्रसाद कट्टेल बताउछन्। पाँचै जना सानैदेखि आपसमा मिल्ने र पढाइमा जेहेन्दार रहेको उनले बताए। उनिहरूले विद्यावारिधि गरेको विषय भने फरकफरक रहेको छ।
Advertisement 2
कवि शिरोमणि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सङ्गीता थापाले एउटै विद्यालयका ५ जनाले विद्यावारिधि गरेको खबरले नयाँ पुस्ताका विद्यार्थीलाई मिहिनेत गरेर पढ्नका लागि प्रेरणा मिलेको बताए।
“एउटै वडाका एउटै विद्यालय पढेका पाँच साथीले यती ठूलो शैक्षिक सफलता पाउनु समग्र वडाकै गौरवको विषय हो”, थापाले भने।















