नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

कञ्चनपुर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो।

Advertisement 1

निर्वाचन क्षेत्र नं १ बाट पूर्वमन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छभने अन्य सिफारिस हुनेमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन्।

निर्वाचन क्षेत्र नं २ मा भने आकाङ्क्षीहरूको सङ्ख्या उल्लेख्य देखिएको छ। पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तको नाम सिफारिस गरेको छ। त्यसैगरी लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशीको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ।

Advertisement 2

निर्वाचन क्षेत्र नं ३ बाट ५ जना नेता चुनावी मैदानका लागि सिफारिसमा पर्नुभएको छ। जसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन्। यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई पनि विशेष प्राथमिकता दिइएको छ।

नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्येबाट पार्टीको केन्द्रीय कार्यदलले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने छ। बैठकमा आकाङ्क्षीका रूपमा रहेका सबैको नाम सङ्कलन गरी पठाएका छौँ, अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ।

प्रकाशित :२०८२ पुष १६, बुधबार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry