सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ।
Advertisement 1
आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू ४ हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु ४ हजार ५९० मा कारोबार भएको थियो।
प्रकाशित :२०८२ पुष १६, बुधबार ११:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













