‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै

काठमाडौं। बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा ‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक विकास र रोगप्रतिरोधात्मक क्षमता बढाएको विभागका निमित्त महानिर्देशक डा श्यायबाबु यादवले जानकारी दिए।

Advertisement 1

विभागले चितवन र दाङमा गरेको अध्ययनअनुसार यस विषयमा पढ्न रुचि र भोक तथा पाचन प्रणालीमा पनि सुधार गरेको बताए। १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको बौद्धिक विकास, रोगव्याधिसँग लड्न क्षमता बढाउन र शारीरिक विकासका लागि सरकारले गत भदौ ५ गतेदेखि ‘स्वर्णविन्दु प्राशन’ अभियान थालेको हो।

“अहिले विभागले देशभरिका २१ जिल्लाका २५ आयुर्वेदिक चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ खुवाउन थालेको छ। ‘स्वर्णविन्दु प्राशन’ खाएपछि बालबालिका पटक पटक बिरामी हुन छाडेका छन्। पढ्न रुचि पनि बढेको छ,” विभागका डा सुशान्त भण्डारीले भने, “बालबालिकालाई खानपानमा पनि रुचि बढेको छ र उनीहरु फुर्तिलो समेत भएका छन्।”

Advertisement 2

‘स्वर्णविन्दु प्राशन’ ३ घण्टाको समिश्रणबाट तयार पारिएको हुन्छ। स्वर्ग भष्म (सुनलाई आयुर्वेद पद्धतिबाट बनाइएको भष्म), घ्यू (वाह्मी घृत) र मह मिलाएर बनाउने गरिन्छ। स्वर्ण भष्म तीन मिलिग्राम, घ्यू दुई मिलिग्राम र मह एक मिलिग्राम मात्रा राखेर ‘स्वर्णविन्दु प्राशन’ तयार पार्ने गरिन्छ। विभागका निमित्त महानिर्देशक डा यादवले पहिले सबै जिल्लास्थित आयुर्वेद चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ र त्यसपछि स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गर्ने बताए। १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई ३० महिना नियमित खुवाएपछि बौद्धिक विकास, रोगप्रतिरोधात्मक क्षमता वृद्धि र शारीरिक विकास हुन्छ।

प्रकाशित :२०८२ पुष १५, मंगलवार १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry