भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

भक्तपुर। जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन्।
Advertisement 1
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि १ हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।
उनले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या २ लाख नाघेको जानकारी दिए। मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको उनले बताए। आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ।
प्रकाशित :२०८२ मंसिर २, मंगलवार १३:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%











