‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली। सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो।
Advertisement 1
कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा श्यामकृष्ण लौडारीका अनुसार गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र १ सय ९१ पुरुष गरी २ सय २९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको हो।
टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी १ महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो। उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ।
प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १०:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










