३ रोगसँग लडिरहेका बालकलाई उपचार गर्न आर्थिक अभाव

हुम्ला। सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला ३ वटा रोगसँग लडिरहेका छन्। उनको १ सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement 1

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताए। उनले भने, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ। यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ।”

अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ। यसका लागि रु ७ लाख खर्च उनका बुबा चैतेले बताए। “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उनले भने।

Advertisement 2

अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित छन्। उनका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहेका छन्। सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उनले सबैमा आग्रह गरेका छन्।

प्रकाशित :२०८२ कार्तिक १७, सोमबार १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry