ढल्यो कम्युनिष्ट सरकार,नयाँ सरकारको रस्साकसी शुरु

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अन्तत ढलेको छ । प्रतिनिधि सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्नुभएको थियो । जहाँ २ सय ३२ मात्र सांसद उपस्थित रहे । तीमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खस्यो भने विपक्षमा १२४ मत पर्‍यो ।जसपाको महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसे भने एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू उपस्थित भएनन् । एमालेले यसअघि विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि २८ सांसद अनुपस्थित थिए।

Advertisement 1

अनुपस्थित हुने सांसदहरू: १.योगेश भट्टराई २.झलनाथ खनाल ३. पवित्रा निरौला खरेल ४.भवानी खापुङ ५.जयकुमार राई ६ .यज्ञराज सुनुवार ७.गणेश पहाडी ८.विरोध खतिवडा ९.कृष्णलाल महर्जन १०.माधवकुमार नेपाल ११.जीवनराम श्रेष्ठ १२.नारायण खतिवडा १३.घनश्याम भुसाल १४.गोकर्ण विष्ट १५.सोमप्रसाद पाण्डे १६.मेटमणी चौधरी १७.झपट रावल १८.भीमबहादुर रावल १९.डा.दिपकप्रकाश भट्ट २०.सुरेन्द्र पाण्डे २१.रामकुमारी झाँक्री २२.सरला यादव २३.पुष्पाकुमारी कर्ण २४.कल्याणी खड्का २५.निरादेवी जैरु २६.कलिला खान २७.लक्ष्मीकुमारी चौधरी २८.मुकुन्द न्यौपाने हुन् ।

माधव नेपाल पक्षधर आठ सांसद वानेश्वर पुगेका थिए । त्यसरी मतदान गर्ने जानेमा प्रत्यक्ष निर्वाचित ३ जना र पाँच जना समानुपातिक सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पुगेका हुन् । त्यसरी मतदान गर्नेमा राजबहादुर बुढा,ध्रुव शाही,गंगा चौधरी,समिना हुसेन,पार्वती विसुंखे,हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । ध्रुव शाहीसहित तीमध्ये बुढा दैलेखका,केसी दाङका प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए।

Advertisement 2

यसरी विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।

यससँगै प्रधानमन्त्री पद स्वत रिक्त भएको छ । ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन्। ओली पदमुक्त भएसँगै नयाँ सरकार गठनको रस्साकस्सी शुरु भएको छ । प्रम ओलीले पुन संसद बिघटन गर्न सक्ने आँकलन समेत कतिपय नेताहरुले गरेका छन् ।

Advertisement 3

काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित :२०७८ बैशाख २७, सोमबार १८:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry