छठ पर्वमा पूर्ण बिदा माग्दै मधेशी अधिकृत समाजले सरकारको ध्यानाकर्षण

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले छठ पर्वको बिदा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ४ दिनसम्म मनाइने यस पर्वमा राज्यले हाल १ दिन मात्रै बिदा दिने प्रावधान राखेकामा समाजले असन्तुष्टि जनाउँदै पूर्ण वा कम्तीमा सामुदायिक बिदाको व्यवस्था गर्न माग गरेको छ।
Advertisement 1
समाजले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, “छठ कार्तिक शुक्ल चतुर्थीबाट ४ दिनसम्म मनाइन्छ। पहिलो दिन ‘नहायखाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘सन्ध्या अर्घ’ र चौथो दिन ‘बिहानी अर्घ’ गरी पूजाको समापन गरिन्छ।” व्रतालुहरूले लगातार ३६ घण्टासम्म कठोर व्रत बस्ने भएकाले यो पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको अधिकृत समाजको भनाई छ ।
संघीयता लागू भएपछि संवत् २०७३ मा २ दिन बिदा दिने प्रयास भए पनि कार्यान्वयन हुन नसकेको समाजले स्मरण गराउँदै भनेको छ, “४ दिवसीय छठ पर्वमा ३ दिन (खरना, सन्ध्या अर्घ र बिहानी अर्घ) अत्यन्त व्यस्त हुने भएकाले राज्यले यसमा पुनर्विचार गर्नुपर्छ।”
Advertisement 2
समाजले संघीय सरकारसँग सबै नेपालीलाई छठ पर्वमा सामूहिक बिदाको व्यवस्था गर्न हार्दिक अनुरोध गरेको छ। साथै, छठ पर्वले सामाजिक सद्भाव, आत्मसंयम र सूर्य उपासना मार्फत पर्यावरण प्रेमको सन्देश दिने भएकाले यसलाई राष्ट्रिय एकताको पर्वका रूपमा मान्यता दिन पनि आग्रह गरिएको छ।

Advertisement 3










