१ तोला सुनको मूल्य २ लाख ७ हजार ९ सय

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

Advertisement 1

मङ्गलबार प्रतितोला सुन रु २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु २ हजार बढेको हो। चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु २ हजार ४८० कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ भाद्र १८, बुधबार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry