कतिमा हुँदैछ असारको पहिलो दिन सुनको कारोबार?

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ। असार महिनाको पहिलो दिन समेत रहेको आइतबार अघिल्लो कारोबारको दिनको तुलनामा ४ सय रुपैयाँले बढेको हो।
Advertisement 1
यसअघि अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला २१ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार पनि चाँदीको कारोबार सोही मूल्यमा भएको थियो।
									
										प्रकाशित  :२०८२ असार १, आईतवार १०:४६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

