५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढेको हो। बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ।
मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँका दरले भएको थियो।
Advertisement 2
त्यस्तै मंगलबार प्रतितोला २ हजार ४५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला २ हजार ७५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८२ जेष्ठ २२, बुधबार ११:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%