प्रशान्त तामाङलाई मातृशोक

अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। उनकी आमा रूपा तामाङको निधन भएको हो।
दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबुकमा लेखेका छन्। कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो । ‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ । निर्देशक रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आमाप्रति ऋद्धाञ्जली दिँदै परिवारमा समवेदना ब्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हजुरले प्रशान्तलाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अवसर प्राप्त गरेको थिएँ ।’

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १८:०४

प्रतिक्रिया दिनुहोस्