७ हजार ५ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ७ हजार ५ सय रुपैयाँले घटेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँका दरले भएको थियो। त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ६५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८२ बैशाख १०, बुधबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry