सुनको मूल्यमा बुधबार पनि रेकर्ड

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

Advertisement 1

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ तोकिएको छ। सुनको यो मूल्य अहिलेसम्मकै नयाँ उच्च हो।

मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँका दरले भएको थियो।

Advertisement 2

त्यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै नयाँ मूल्य २ हजार ४५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँका दरले कारोबार भएको थियो।

प्रकाशित :२०८१ चैत्र ६, बुधबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry