५ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो।

Advertisement 1

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

सोमबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँका दरले भएको थियो। त्यस्तै सोमबारको तुलनामा चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ।

Advertisement 2

सोमबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ फाल्गुन २७, मंगलवार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry