नयाँ उचाइमा सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा ५ सय रुपैयाँ बढेपछि मंगलबार सुनको मूल्यले अहिलेसम्मकै नयाँ उचाइमा पुगेको हो।
Advertisement 1
महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ७१ हजार ३ सय रुपैयाँ प्रतितोलाका कारोबार हुनेछ। उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै बढी हो। यसअघि गत कार्तिक १५ गते र यही फागुन ८ गते सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो।
सोमबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँका दरले भएको थियो। त्यस्तै सोमबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ।
Advertisement 2
सुन आयातमा लाग्दै आएको भन्सार सरकारले घटाएपछि गत मंसिर दोस्रो साता सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले समेत कारोबार भएको थियो।