५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा भएको थियो।

त्यस्तै आइतबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry