२३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य २३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि बुधबार सुनको कारोबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा भएको थियो।
त्यस्तै बुधबार प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला १९ सय ६५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ फाल्गुन १, बिहीबार ११:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%