मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली। तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन्। विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन्।

Advertisement 1

कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए। कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए। ‘कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ,’ उनले भने।

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम ३ सय ७५ देखि रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। एक जना कैदीबन्दीले मुढा बुनेर ४ देखि ५ हजार रुपैयाँसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ। अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन्।

प्रकाशित :२०८१ माघ ८, मंगलवार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry