शिक्षकको तलब मासिक रुपमा भुक्तानी गर्न सबै स्थानीय तहलाई परिपत्र
काठमाडौं। सरकारले शिक्षकको तलब प्रत्येक महिना भुक्तानी गर्ने गरी स्थानीय तहहरुलाई परिपत्र गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहलाई परिपत्र गर्दै शिक्षको तलब मासिक रुपमा उपलब्ध गराउन भनेको हो।
‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ’, सामान्य प्रशासन मन्त्रालयको परिपत्रमा भनिएको छ।
Advertisement 2
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही मंसिर १७ गते शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।
Advertisement 3
यसअघि शिक्षकहरुले प्रत्येक चौमासिकमा तलब पाउँदै आएका थिए। चालू आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउने व्यवस्था गरिएको थियो।