एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं। एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ।
Advertisement 1
हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको बताए।
शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जंगलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशंका गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए।
Advertisement 2
हेलिकप्टरमा सवार ५ जनामध्ये ४ जनाको ज्यान गएको बताइएको छ।
प्रकाशित :२०८१ श्रावण २३, बुधबार १५:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%