तीन प्रदेश प्रमुखलाई राष्ट्रपति पौडेलले गरे पदमुक्त, नवनियुक्त प्रदेश प्रमुखलाइ पद तथा गोपनीयताको सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई पदमुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको हो ।

Advertisement 1

पदमुक्त हुनेमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी रहेका राष्ट्रपति कार्यालयका प्रवक्ता एवम सहसचिव शैलजा रेग्मीले जानकारी दिईन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस कोटाबाट नियुक्त प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।

उनीहरूको ठाउँमा नयाँ नियुक्तिको सिफारिस पनि सरकारले गरिसकेको छ । नयाँ सिफारिस प्रदेश प्रमुखमा मधेश प्रदेश सरकारको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेश सरकारको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश सरकारको प्रमुखमा नजिर मियाँ रहेका छन् ।

Advertisement 2

नवनियुक्त प्रदेश प्रमुखलाइ बुधबार नै राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथ पनि गराएका राष्ट्रपति कार्यालयका प्रवक्ता एवम सहसचिव रेग्मीले जानकारी दिईन ।

प्रकाशित :२०८० फाल्गुन ३०, बुधबार २१:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry