सेटिङ मिलाएर भन्सार छली:- भन्सार एजेन्ट कुर्मीको अकूत सम्पत्ति

तलदेखि माथिसम्म, विभागदेखि मन्त्रालयसम्म, प्रहरीदेखि सशस्त्रप्रहरीसम्मको सेटिङ मिलाएर विगत लामो समयदेखि भन्सार एजेन्टको काम गर्दै आएका मनोज राउत कुर्मीले गैर कानुनी ढङगले अकूत सम्पत्ति कमाएको कुरा बाहिरिएको छ।

Advertisement 1

कुर्मीले भन्सार एजेन्टसँगै अन्य दुई नम्बरी कामबाट छोटो समयमै अर्बौँको सम्पत्ति जोडेको बताइएको छ ।वीरगञ्ज छपकैया १ स्थायी घर भएका मनोज राउत कुर्मीको वीरगञ्जमा मात्रै दर्जनौँ व्यवसायिक तथा आवासीय घरहरू असनलगायत काठमाडौका विभिन्न स्थानमा समेत व्यवसायिक र आवासीय घरहरू जोडेका छन् । नेपालका अन्य शहरहरूमा पनि रियलस्टेटमा उनको ठूलो लगानी रहेको हालसालै उनले दुवईमा पनि सम्पत्ति जोडेको स्रोतले बताएको छ ।

Advertisement 2

छोटो समयमै एउटा क्लियरिङ एजेन्टको यो सबै कसरी सम्भव भयो ? उनले कसरी अकूत सम्पत्ति आर्जन गरे ? भन्ने विषय अहिले समेत चर्चामा छ । भन्सार एजेण्टहरू जाँचपासको काममा केन्द्रित भइरहँदा उनले मोटो रकम खर्चेर शक्तिकेन्द्रको आडमा सेटिङ मिलाउने गरेका छन् ।
स्रोतका अनुसार एउटै प्रज्ञापन पत्रबाट उनले धेरै मालबाहक गाडी पास गरेर राजस्व छल्ने हो । यो क्रम निरन्तर चलिरहेको छ । वीरगञ्ज भन्सारले मात्रै नेपालको भन्सार क्षेत्रको ६० प्रतिशत हिस्सा ओगटेको छ । प्रमुख मालवस्तुहरू वीरगञ्ज भन्सारबाटै भित्रने गर्छ ।

कुर्मीले केही वर्ष अघि कोभिडको बेला भारतबाट अन्धधुन्द सामान ल्याएको बताइन्छ । कोभिडको बेला कुर्मीले ट्रकमा कपडा टायर हार्डवेयरका सामान तथा अन्य सामानहरू लोड गर्ने र मालवस्तुको माथि तरकारी सागसब्जीले ढाकेर मालवस्तु ल्याउने गरेको चर्चा त्यसबखत वीरगञ्जदेखि काठमाडौंसम्म चर्चा चलेको थियो । कुर्मीले त्यसरी ल्याएको तरकारी आफ्नो छपकैयाँ र यसका आसपासका क्षेत्रमा दैनिक तरकारी तथा सागसब्जी बाँडेका थिए । समाजसेवा गरेजस्तो गरी कोभिड कालमा तस्करी गरेका कुर्मीका लागि कोभिडकाल स्वर्णयुगमा परिणत भयो ।

Advertisement 3

खुशी आलमले २०७४ बैशाख १३ गते लिएको २ करोड ३५ लाख बराबरको साँवाको साँवा र ब्याज भुक्तानी गर्न दिएको महालक्ष्मी विकास बैंकको चेक कुर्मीले लुम्बिनी विकास बैंकमा साट्न खोज्दा नसाटिएपछि बैंकिङ कसुरको मुद्दा चलाएको देखिन्छ ।

प्रकाशित :२०८० माघ ३, बुधबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry