लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तारिक उडान भदौ मसान्तसम्म बन्द

सरकारले भदौ मसान्तसम्म लामो दूरीको सवारी साधन बन्द गर्ने निर्णय गरेकाे छ। आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे हो। सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

Advertisement 1

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि लामो  दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै, सरकारले आन्तारिक उडान पनि भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।त्यस्तै मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा पनि भदौ मसान्तसम्मको लागि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।  

Advertisement 2

सरकारले यस अघि भदौ १५ गतेदेखि लामो दुरी, मध्यम तथा छोटो दूरीका सवारीसाधन चल्ने जनाएको थियो । तर कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले भदौ मसान्तसम्म लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म यी सेवा बन्द गर्ने निर्णय गरेकाे हो। 

प्रकाशित :२०७७ भाद्र १५, सोमबार ०७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम